काठमाडौं । लोकतान्त्रिक समाजवादीले उपसभामुखमा गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।
प्रतिनिधिसभामा आज हुने उपसभामुखको निर्वाचनमा लोसपाले गठबन्धनकी उम्मेदवार पुष्पा भुसाललाई समर्थन गर्ने भएको हो ।
आज बसेको लोपसाको शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो ।
लामो समयदेखि रिक्त रहेको उपसभामुखमा गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र एमालेको तर्फबाट विद्या भट्टराई रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया