गभर्नर अधिकारीले नैतिक रुपले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । आज बिहान प्रधानमन्त्री देउवा निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकपछि बोल्दै प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारी, खोटाङको नाम सहभागी भएपछि गभर्नर अधिकारी विवादमा परेका थिए । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् । गभर्नर अधिकारीले आफू एमालेको विभागको सदस्य हो कि होइन भनेर पत्राचार गरेर प्रश्न सोधेपछि उनीमाथि झन आशंका बढेको हो । अधिकारीको पत्रको जवाफमा गभर्नर अधिकारीले आफू एमालेले विभागको सदस्य नरहेको बताएको थियो ।

त्यसैगरी उनी यसअघि महाप्रसाद अधिकारीको नामबाटै उक्त विभागको सदस्य रहेको र अहिले एम.अधिकारीको छदम् नाम राखेर सदस्य बनेको विषयमा एमालेले आधिकारिक र तथ्यगत ढंगले खण्डन गरी अर्को एम.अधिकारी देखाउन नसकेकाले उनी नै उक्त व्यक्ति रहेको शंका भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?