३१ आश्विन २०७८, आईतवार

बालबालिकासम्बन्धी नयाँ कानून बन्दै

२०७५,भाद्र,२२,शुक्रवार १४:५१


काठमाडौं । सरकारले बालअधिकारसम्बन्धी नयाँ कानून ल्याउने भएको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले संविधानको मर्म र भावनाअनुसार बालअधिकारसम्बन्धी कानून निर्माणको प्रक्रियामा रहेको बताइन् ।

राष्ट्रिय बाल दिवस तथा शिक्षा दिवस, २०७५ को अवसरमा राष्ट्रिय नागरिक विकास समाजले यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले संविधानको मौलिक हकमै तुलनात्मकरुपमा धेरै बालबालिकाको हकअधिकारको विषयलाई समेटेको र सोहीअनुरुप कानून निर्माणको चरणमा रहेको उल्लेख गरिन् ।

“बालअधिकारसम्बन्धी कानून निर्माणका लागि मन्त्रालयका तर्फबाट सङ्घीय संसद्मा विधेयक पेश गरिसकेका छौँ, उक्त ऐनमा बालबालिकाको शारीरिक मानसिक विकास, अनाथ बालबालिका, गरीब दुःखी जनताका छोराछोरीका लागि राज्यले कस्तो नीति कार्यक्रम तर्जुमा गर्नुपर्छ भन्ने आदि विषय समेटिएको छ”, उनले भनिन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी लावल थापा (पार्वती) ले संविधानको भावनाअनुरुप मौलिक हक निर्माण अन्तिम चरणमा पुगेको र निर्धारित समयभित्रै सबै हकसम्बन्धी कानून बन्ने उल्लेख गरिन् ।

समाजका अध्यक्ष महेश कुँवरले बालअधिकार, शिक्षाको क्षेत्रमा बाल संरक्षण तथा चेतनामूलक कार्यक्रम गर्दै आएको बताए । सो अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पत्रकारिता विषयका प्राध्यापक देवराज शर्मा, अभियन्ता पूजा कुँवर, जानुका पौडेल, दीपक कार्कीलगायत छन् ।

प्रकाशित मिति: २०७५,भाद्र,२२,शुक्रवार १४:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार