के छ त त्यस्तो सञ्चिताको ‘गुनगुन’ टिजरमा?

काठमाडौं । नायिका सञ्चिता लुइँटेल लामो समयदेखि फिल्ममा देखिएकी छैनिन् । झण्डै दुई वर्षदेखि उनले फिल्म ‘गुनगुन’ मा काम गर्दै आएको बताउँदै आएकी थिइन् । यतिबेला यो फिल्मको टिजर युट्युबमा सार्वजनिक भएको छ ।

एकराज उप्रेती र सहदेव पौडेलले निर्माण गरेको यो फिल्ममा सञ्चिता लुइँटेल, सुवभा मेचे, रविन्द्र प्रताप सेल, नविन श्रेष्ठ, गणेश जिसी, अनु भट्टराई लगायतका कलाकारले अभिनय गरेका छन् ।

टिजर हेर्दा एक्सन र प्रेमको संयोजना जस्तो देखिन्छ । फिल्ममा हिमाल केसीको एक्सन छ भने अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रलाई पुकार भट्टराईले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?