गभर्नर अधिकारीविरुद्ध माईतीघरमा नेविसंघको धर्ना

लोकपथ
280
Shares

काठमाडाैं । नेपाल सरकारका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले माईतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ।

शुक्रबार बिहान ११ बजे नेविसंघले माईतीघर पुगेर गभर्नरविरुद्ध प्रदर्शन गरेको हो।

राष्ट्र बैंकका गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको चर्चा सुरु भएपछि उनको सर्वत्र आलोचनासमेत भइरहेको छ। यहीबीच आन्दोलन गर्दै नेविसंघले उनको राजीनामा माग गरेको हो।

नेविसंघका नेता अंशुल केसीले राष्ट्र बैंकका गभर्नर जस्तो व्यक्ति कुनै पार्टीको कर्याकर्ता भएर पार्टीगत स्वार्थमा काम गर्दा सिङ्गो देशको अर्थतन्त्र खतरामा हुने बताए। ‘राष्ट्र बैंकका गभर्नर कुनै पार्टीको कार्यकर्ता हुन पाउँदैनन्। नेपालको अर्थतन्त्रलाई नियमन गर्ने संस्थाको प्रमुख पार्टीको निति लिएर हिँड्नु गलत हुन्छ,’ केसीले भने।

उनले गभर्नर अधिकारीको राजीनामा नआए आन्दोलनलाई थप शसक्त बनाइने चेतावनी दिएका छन्। आन्दोलनमा त्रिवि केन्द्रीय क्याम्पसका नेता विष्णु बडैला, श्याम पाण्डे, राज ठकुराठी, टिकेष भट्ट,गौरव बडैला, सदिक्षा आचार्य ,महेन्द्र कुवर लगायत नेताहरू रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?