आसिफ शेखको कप्तानीमा  यू-१९ राष्ट्रिय टोलीको घोषणा

काठमाडौं । आसिफ शेखको कप्तानीमा नेपाली यू-१९ राष्ट्रिय टोलीको घोषणा भएको छ । 

भारतमा हुने एकदिवसीय क्रिकेट सिरिजको कप्तानी शेखले निर्वाह गर्न भएका हुन् । राष्ट्रिय टोलीमा समेत खेलिसकेका शेखको कप्तानीमा शुक्रवार १९ सदस्यीय टोली घोषणा भएको हो।

आइसीसीका प्रतिनिधि समेत रहेका  अमिनुल इस्लाम, यू-१९ का मुख्य प्रशिक्षक विनोद दास तथा सुनोज भट्टराई र राजु खड्काको छनोट समितिले १९ सदस्यीय टोलीको घोषणा गरेको हो । 
छनोट भएकोमा पुरानासहित नयाँ खेलाडीहरु पनि अटाएका छन्।

राष्ट्रिय टिमका नियमित सदस्य रहेका यू-१९ कै खेलाडीहरु दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, अनिल शाह र सन्दीप लामिछानेलाई टिममा समावेश गरिएको छैन। टिममा यू-१६ राष्ट्रिय टिमका रित गौतम र तृप राज दासले  स्थान बनाउन सफल भए । 

विनोद दासले राखेको तीन दिनको ओपन ट्रायल हुँदै शुरु भएको छनोट प्रक्रियामा शुरुमा ४४ खेलाडी छानिएका थिए। जसमा यू-१६ राष्ट्रिय टोलीका खेलाडी समेत थिए। त्यसबाट विभिन्न चरणको छनोटपछि अन्तिम टोली चयन भएको हो।

गत वर्ष यू-१९ एसिया कप खेलेका १५ मध्ये आसिफ सहित ५ खेलाडीले अहिले पनि निरन्तरता पाएका छन्। बाँकी ७ खेलाडी भने यू-१६ का छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?