नेपाली राष्ट्रिय टिमलाई विशेषज्ञ प्रशिक्षकको आवश्यकता : कप्तान पारस

काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले मलेसियामा सम्पन्न एशिया कप छनोट खेलमा राम्रो प्रर्दशन गर्न नसकेको बताएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कप्तान पारसले सिंगो नेपाली क्रिकेटलाई पोस्टमार्टम गर्ने समय आएको बताएका हुन् । नेपाली टिमले सोचे अनुरुप खेल प्रर्दशन गर्न नसकेको पनि उनले स्वीकार गरे । 

‘एशिया कप हाम्रो लागि ठूलो अवसर थियो । तर, हामीले त्यो अवसरलाई सहि सदुपयोग गर्न सकेनौ । खेल हो हार जीत त भइहाल्छ । तयारी पनि रामै थियो, सबै खेलाडीहरु पनि लयमा नै थियो । जति सुकै राम्रो खेल खेले पनि कहिलेकाहि नजिता आफ्नो पक्षमा हुँदैन।’ उनले भने । 

नेपाल अहिले एक दिवसिय मान्यता राष्ट्र बनिसकेको छ । त्यसैले हामीले ब्याटिङ, बलिङ र फिल्डिङमा विशेषज्ञ प्रशिक्षकको खाँचो छ । हामीले अहिलेकै अवस्थामा समेत आउने ३ बर्षको लागि सोचेका छौँ र केहि प्रस्ताव तयार गरेका छौँ।

साथै, कप्तान पारसले यो सातामा सोचे अनुरुप खेल्ने नसकेको पनि जानकारी दिए । ‘हामीले खेलमा उत्कृष्ट नजिता निकाल्न सकेनौ । हामीले एशिया कपमा आफ्नो क्षमताको ४० प्रतिशत मात्रै खेल्न सक्यौ।’ उनले बताए । 

 

कप्तान खड्काले भने- ‘एशिया कपको हारबाट हामीले धेरै कुरा सिकेका छौँ । अब हामीले लामो समयको लागि सोच्ने बेला आएको छ । नियमित प्रशिक्षणदेखि व्यक्तिगत खेलाडीको खेल र टिमको नै पोस्टमार्टम गर्ने समय आएको छ ।’

एशिया कपमा आफुले खेलेको ५ खेल मध्ये २ मा मात्र जित दर्ता गर्न सकेको तथा सिनियर खेलाडीले जिम्मेवारी लिन नसक्दा एशिया कपको लागि छनोट हुने सम्भावना गुमाएको समेत उनले बताए । 

हामीले अब टि-२० छनोट खेल्दैछौँ त्यसैले पनि अब सबै खेलाडीहरुलाई आफ्नो रोल दिएर, कुन खेलाडी ५० ओभरको तथा कुन २० ओभरको लागि फिट छ भन्ने बुझन जरुरी छ ।

‘म लगायत सबै सिनियर खेलाडीहरुले सोचे अनुसार प्रदर्शन गर्न सकेनौ र यो हारको जिम्मा समेत हामी सिनियर खेलाडीहरुले नै लिन्छौं। म आफैले पनि राम्रो खेल्न सकिन । युवा खेलाडीहरु अनिल, रोहित, आरिफ, दिपेन्द्र सबैले आफुले गर्न सक्ने योगदान गरे जुन कुरा भविष्यका लागि धेरै राम्रो हो।’ उनले बताए । 

पत्रकारसँग कुरा गर्दै उनले अब नेपाली राष्ट्रिय टिमलाई विशेषज्ञ प्रशिक्षकको आवश्यकता रहेको पनि जानकारी दिए । 

‘नेपाल अहिले एक दिवसिय मान्यता प्राप्त राष्ट्र बनिसकेको छ । त्यसैले हामीलाई ब्याटिङ, बलिङ र फिल्डिङमा विशेषज्ञ प्रशिक्षकको खाँचो छ । हामीले अहिलेकै अवस्थामा समेत आउने ३ बर्षको लागि सोचेका छौँ र केहि प्रस्ताव तयार गरेका छौँ जुन छिटै नै आईसीसी र ‘एसिसि’सम्म पुर्‍याउने प्रयास गर्नेछौं।’ कप्तान खड्काले थपे । 

नेपालले अब टि-२० छनोट खेल्ने खेल तालिका रहेको छ । एक दिवसिय मान्यता पाएपछि उत्कृष्ट प्रर्दशन गर्दै आइरहेको नेपाली टिमले एशिया कप छनोटमा भने लज्जास्पद हार बेहोरेको थियो । 

‘हामीले अब टि-२० छनोट खेल्दैछौँ त्यसैले पनि अब सबै खेलाडीहरुलाई आफ्नो रोल दिएर, कुन खेलाडी ५० ओभरको तथा कुन २० ओभरको लागि फिट छ भन्ने बुझन जरुरी छ ।’ उनले थपे । 

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपको उपक्षेत्रिय छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएसँगै नेपालले एसिया ‘बि’ उपक्षेत्रिय छनोट ‘पूर्वी’ प्रतियोगितामा सहभागिता जनाउँदै छ। एसिया ‘बि’ उपक्षेत्रिय छनोट मलेसियामा अक्टोबर ३ तारिखबाट शुरु हुनेछ ।  

खेलतालिका अनुसार नेपालले पहिलो खेलमा अक्टोबर ३ मा म्यान्मारको सामना गर्नेछ। त्यस्तै, अक्टोबर ६ मा मलेसियाको, ७ मा थाइल्याण्डको, ९ मा भुटान तथा १० तारिखमा चिनको सामना गर्नेछ ।

अक्टोबर १२ तारिखमा सिंगापुरविरुद्ध नेपालले अन्तिम खेल खेल्नेछ । 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?