१० वर्षे गणतन्त्र असफल, अब सल्लाहमा नै बाटो परिवर्तन गरौं : कमल थापा

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको दुरदशाको कारण गलत नीति र गलत व्यवस्था भएको बताएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गण्डकी प्रदेशद्वारा आयोजित प्रदेश स्तरीय युवा भेला तथा प्रशिक्षण कार्यक्रम बोल्दै अध्यक्ष थापाले देशले अवलम्बन गरेको धर्म निरपेक्षता, गणतन्त्र र संघीयता जस्तो गलत निति र व्यवस्थाका कारण नेपाल दुरहमा पुगेको बताएका हुन् ।

थापाले १० वर्षे माओवादीको हिंसामा देशमा १७ हजार मारिए, अरर्बौंको क्षती भयो, देश अस्तव्यस्त भयो, त्यस्तै संविधान बनाउने नाउँमा अर्को १० वर्ष व्यतित भयो तर नेपाली जनताले परिवर्तनको प्रतिफल प्राप्त गर्ने छन् भन्ने आशा र विश्वास पुरा हुन नसकेको धारणा राखे । हिंसात्मक द्वन्द्वका बेला क्रान्तिकारी परिवर्तनको नाममा हजारौं नागरिकले ज्यान गुमाउनु परेको र अन्ततः एमालेमा विलय हुनुले विगतको आन्दोलनको औचित्य कहिल्यै पुष्टि हुन नसक्ने थापाको दाबी रहेको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै थापाले संविधान लागू भएपछि सिंहदरबारको अधिकार गाउँ–गाउँ पुगेको हैन, सिंहदरबारको भ्रष्टाचार गाउँ गाउँमा र घर घरमा पुगेको बताए । दोहोरो तेहोरो करको दरले जनताले जीवन धान्न गाह्रो परेको र देशभित्र रोजगारीको सृजना होस्, आफ्नै माटोमा बसेर रोजगारी गर्ने नेपाल युवाहरूको सपना चकनाचुर भएकोमा थापाले चिन्ता समेत व्यक्त गरे ।

त्यस्तै थापाले नेपाल युवाको रगत र पसिना निर्यात गरेर देश चलाउने रु के यहि हो नियती ? भन्दै प्रश्न गरेका छन् ।
उनले नेपालमा गरिब र गरिबीको खाडल दिनप्रतिदिन बढिरहेको र देशको कुल सम्पत्तिको ९० प्रतिशत १० को स्वामित्वमा रहेको र १० प्रतिशत सम्पत्ति ९० प्रतिशत जनताको स्वामित्वमा रहेको भन्दै दुख व्यक्त गरे । 

देशमा धर्म परिवर्तनको महारोग डढेलोको रूपमा लागिरेहेको छ । गणतन्त्र धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएकोमा शंका रहेन, अध्यक्ष थापाले भने, देशमा हिन्दु राष्ट्र र राज संस्था छलफल र वहस नगरि  हटाईएको हुँदा यस त्रुटीलाई सच्याउन सत्तारुढ दल र विपक्षी पार्टीलाई आग्रह गर्छु । अर्को प्रसङ्गमा अध्यक्ष थापाले एकताको आवरणमा पार्टीलाई षड्यन्त्रपूर्वक फुटाउने र कमजोर बनाउने कार्यले राष्ट्रवादी शक्तिको रूपमा उदाएको राप्रपा एकै चोटी रसातलमा पुगेको बताए तर विगतमा कमीकमजोरीबाट पाठ सिकेर राप्रपालाई देशको अग्रणी शक्ति बनाउने संकल्प पनि थापाले लिएका छन् ।

कार्यक्रममा राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनले आफैंले अयोग्य घोषणा गरेको व्यक्ति रातारात योग्य हुने, विमानमा घोटालाको आशंका हुँदा र संसदमा आवाज उठ्दा पनि मुकदर्शक बन्ने कार्यले सरकारको विश्वसनीयता दिन प्रतिदिन गिर्दै गएको बताउँदै यस्तै प्रवृत्ति कायम रहे वर्तमान सरकार कसैले ढाल्नु नपर्ने, भ्रष्टाचार र आफ्नै अन्तरविरोधले ढल्ने पनि बताएका छन् । उनले राप्रपाले लिएको रणनीतिक त्रुटिका कारण निर्वाचनमा असफल हुनु परेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?