८ कार्तिक २०७८, सोमवार

राममनोहर यादव मारिनु र शव परीक्षण नहुनु आपत्तिजनक : जीतेन्द्रनारायण देव

२०७५,भाद्र,२२,शुक्रवार १०:४६


काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद जीतेन्द्रनारायण देवले बर्दियामा मन्त्रीलाई कालो झण्डा देखाउँदा राममनोहर यादव मारिनु र शव परीक्षणसमेत नगरिएकामा आपत्तीजनक भएको बताए । 

उनले अर्का श्याम श्रेष्ठलाई मारेर स्वयम्भूमा ट्याक्सीमा हालिएको अवस्थामा फेला पारिएको र सङ्गीन जिसीलाई मारेर झाडीमा फालिएको घटनालाई सरकारले गम्भीररुपमा नलिएको बताए । सांसद रामचन्द्र राईले सम्पदा पुनर्निर्माणमा भइरहेको ढिलाइले मौलिक पहिचान गुम्ने खतरा रहेको बताए । 

सांसद जीवन बूढाले कर्णाली प्रदेशका विभिन्न जिल्लामा हावाहुरी, बाढी, पहिरोको जोखिम बढेकाले समस्या समाधान गर्न माग गरे । सुर्खेत, जुम्ला सडकमा सवारी आवागमन अवरोध आएकाले हटाउन ध्यानाकर्षण गराए ।
 

प्रकाशित मिति: २०७५,भाद्र,२२,शुक्रवार १०:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (एमाले) ले मङ्गलवार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा

काठमाडौं । आधिकारिक परिचयपत्र नखुलेका विदेशी नागरिकहरुलाई घर, अफार्टमेन्ट, फ्ल्याट तथा कोठा आदी भाडामा नदिन निर्देशन दिएको छ । विदेशी

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् । सोमबार नेपालका लागि पूर्व

कैलाली । नेकपा एमालेको धनगढी उपमहानगरपालिकाको नगर अधिवेशनका लागि तयारी सुरु गरिएको छ । अगामी कात्तिक १५ गतेका लागि तय

ताजा समाचार

लमजुङमा भूकम्पको धक्का महसुस
 २०७८,कार्तिक,८,सोमवार २२:१७
सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन
 २०७८,कार्तिक,८,सोमवार २२:०४
एमालेको पालिकास्तरमा मङ्गलवार अधिवेशन
 २०७८,कार्तिक,८,सोमवार २१:३०
च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध
 २०७८,कार्तिक,८,सोमवार २१:१६