११ कार्तिक २०७८, बिहीवार

सुनसरीमा सुरक्षित गर्भपतन गराउने बढ्दै

२०७५,भाद्र,२२,शुक्रवार १०:१२

9
Shares

इनरुवा । सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै गएको छ । 

आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७४-०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएको आइपास नेपालका मजबुल आलमले जानकारी दिए । 

जिल्लामा चार वर्षको तथ्याङ्कलाई हेर्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या क्रमश : बढ्दै गएको देखिएको छ । आइपासको तथ्याङ्कअनुसार जिल्लामा आव २०७१-०७२ मा २९१, २०७२-०७३ मा ७५६, २०७३-०७४ मा ९३६ र २०७४-०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएका थिए । 

गत आवको साउनमा १०३ , भदौमा ७३, असोजमा ७०, कात्तिकमा ९६ , मङ्सिरमा ८२, पुसमा १३९, माघमा १४८, फागुनमा ८९, चैतमा १९, बैशाखमा ११२, जेठमा १३३ र असारमा १२६ जनाले सुरक्षित गर्भपतन गराएका थिए । महिलामा जनचेतनाको वृद्धि, सुरक्षित गर्भपतन सेवा कार्यक्रमबारे कार्यक्रम सञ्चालन, निःशुल्क गर्भपतन सेवाको शुरुआत, १२ हप्ताभन्दा माथि अवधि तथा औषधिको प्रयोगबाट गरिने सुरक्षित गर्भपतन सेवाको शुरुआत र तालीमलगायतका कारणले सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको जनाइएको छ । 

तथ्याङ्क हेर्दा सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा बढेको देखाएपनि असुरक्षितरुपमा गर्भपतन गराउने बढी रहेको स्थानीयले बताएका छन् । नेपालबाट भारतमा गएर गर्भपतन गराउने र भारतबाट नेपालमा आएर गर्भपतन गराउनेको सङ्ख्या पनि बढी रहेको बताइएको छ । 

प्रकाशित मिति: २०७५,भाद्र,२२,शुक्रवार १०:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्विपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो । उनका

काठमाडौं । गौतम बुद्ध गौतम गोत्रमा आजभन्दा ५ सय ६३ इसाईपूर्वमा नेपालको लुम्बिनीमा जन्मिएका थिए । उनलाई बुद्ध धर्मका प्रणेता

श्वासप्रश्वाससम्बन्धी देखिने एलर्जिक राइनाइटिसको समस्या अहिले बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । वायुमण्डलमा भएका विभिन्न किसिमका प्रदूषणदेखि शरीरको रोगप्रतिरोधी क्षमतामा

तौल घटाउनका लागि धेरै व्यक्तिले आफ्नो खानपानमा विभिन्न किसिमका परिवर्तन गरिरहेका हुन्छन् । खानपानमा परिवर्तन गरेरै तौल घटाउने लहरमा धेरैले

ताजा समाचार