३० आश्विन २०७८, शनिवार

सभामुख महरा पाँचदिने चीन भ्रमणमा

२०७५,भाद्र,२२,शुक्रवार ०९:४०


काठमाडौं । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महरा पाँचदिने चीन भ्रमणका क्रममा आज ल्हासा प्रस्थान गरेका छन् ।  

भ्रमणका क्रममा महरा आज ‘चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’को उद्घाटन समारोहमा सहभागी हुने छन् । त्यस्तै आजै सभामुख महराले तिब्बत सरकारका प्रमुखसँग आपसी हित र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्नुहुने सभामुखको सचिवालयले जनाएको छ । 

ल्हासामा रहँदा सभामुख महराले त्यहाँस्थित नेपाली कन्सुलर कार्यालयको शिलान्यास गर्ने छन् । त्यस्तै उनले ल्हासाबाटै रसुवागढी र तातोपानीस्थित मितेरी पुलको उद्घाटन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा सभामुख महराले ‘ट्रान्स हिमालय बेल्ट एण्ड रोड इन्टरनेशनल कोअपरेशन फोरम’को बैठकलाई सम्बोधन गर्नुहुने उनको सचिवालयले जनाएको छ । 

सभामुख महराको भ्रमण टोलीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शान्तिमाया तामाङ पाख्रिन, नेपाली कांग्रेसका रङमति शाही, सङ्घीय समाजवादी फोरमका उमाशङ्कर अरबरिया, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका एकवल मियाँ र राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल सहभागी छन् । त्यस्तै सङ्घीय संसद् सचिवालयका सचिव भरतराज गौतम र सभामुखको सचिवालयका प्रतिनिधिसमेत भ्रमणमा सहभागी छन् । महरा यही भदौ २६ गते स्वेदश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: २०७५,भाद्र,२२,शुक्रवार ०९:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक एवं पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वाध्यक्ष प्रा. बद्रिनाथ श्रेष्ठको असामयिक निधनप्रति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री तथा उच्च सरकारी अधिकारीले विजयादशमीको अवसरमा आज टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास

काठमाडौं । सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण

ताजा समाचार

बसको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १५:३८
लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै
 २०७८,आश्विन,३०,शनिवार १५:३४
काठमाडौंमा चहलपहल बढ्यो
 २०७८,आश्विन,३०,शनिवार १५:३०
धनगढी-स्याउले सडक खण्डमा कालोपत्र सुरु
 २०७८,आश्विन,३०,शनिवार १४:५३
सर्पको डसाइबाट एक युवकको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १४:३७