कामु प्रधानन्यायाधीश मिश्रको संसदीय सुनुवाई सोमबार

काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाई सोमबार हुने भएको छ । 

सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले कायममुकायम प्रधानन्यायाधीशमा प्रस्तावित सिंहको सार्वजनिक सुनुवाई सोमबार दिउँसो गर्ने निर्णय गरेको हो । 

त्यस्तै बैठकले भदौ २४ गते आइतबार प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश मिश्र उपर उजुरी दिएका उजुरीकर्ताहरुलाई छलफलको लागि बोलाएको छ । 

मिश्र विरुद्ध ४ वटा उजुरी परेको छ ।  

चार वटा उजुरी परेकोमा एउटा उजुरी उजुरीकर्ताले नै फिर्ता लिन चाहेपछि फिर्ता गरिदिने निर्णय पनि बैठकले गरेको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

संवैधानिक परिषदले भदौ ७ गते सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?