नेपाली क्रिकेट खेलाडीसहितको टोली स्वदेश फिर्ता

काठमाडौं । मलेसियामा सम्पन्न ‘एशिया कप छनोट’ प्रतियोगिता खेलेर शुक्रवार नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । 

एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । नेपालले २ खेलमा जित तथा ३ खेलमा हार बेहोरेको थियो ।

नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स ‘युएइ’ र हङ्कङसँग पराजित भएको थियो । छनोट प्रतियोगिता भदौं १३ देखि २१ गतेसम्म सञ्चालन भएको थियो । 

उक्त प्रतियोगितामा ६ राष्ट्र सहभागी थिए । हङ्कङ एशिया कपका लागि छनोट भएको छ । फाइनल खेलमा हङ्कङले ‘युएइ’लाई २ विकेटले पराजित गर्दै एशिया कपका लागि छानिएको हो ।

एशिया कप यही भदौं २८ देखि असोज १२ गतेसम्म ‘युएइ’मा हुँदैछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?