उपसभामुख निर्वाचन : संसदमा अंकगणित, अनिर्णित लोसपा

लोकपथ
63
Shares

काठमाडौं । प्रतिनिधि सभामा उपसभामुख निर्वाचन आज हुँदैछ । झण्डै चारवर्षदेखि रिक्त प्रतिनिधि सभा निर्वाचनका लागि बिहीबार प्रतिनिसभामा सत्तारूढ गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषाल गौतम र नेकपा एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दिएकी छन् ।

सरकार बाहिर रहेको लोकतान्त्रिक समाजवादीले भने कसलाई समर्थन गर्ने भन्ने निर्णय दिन सकेको छैन । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल २ सय ७१ सांसद छन् । जसमध्ये सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद छन् ।

एमालेको पक्षमा ९८ जना मात्रै सांसद छन् । उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । अर्थात् हाल २ सय ७१ सांसदको बहुमत १ सय ३६ हुन्छ ।

सत्तारुढ गठबन्धनसँग १ सय ५४ सांसद छन् । चार सांसद रिक्त छन् भने चार जना निलम्बनमा छन् । १३४ मत भए बहुमत पुग्ने हुँदा कांग्रेस, माओवादी र नेकपा एसको मत नै जितका लागि पर्याप्त छ ।

अनिर्णित लोसपा

१३ सांसद भएको लोकतान्त्रिक समाजवादीले कसलाई मत दिने भन्नेबारे टुंगो लगाएको छैन । लोसपा सांसद चन्दा चौधरीकाअनुसार उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने आज दिउँसो बस्ने बैठकले टुंगो लगाउने छ ।

उपसभामुखमा पुष्पा भुसाल गौतम र एमालेबाट विद्या भट्टराई चुनावी मैदानमा छन् । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?