बाराका उपभोक्तालाई रौतहटको वन प्रवेशमा प्रतिवन्ध

लोकपथ
117
Shares

रौतहट । रौतहट जिल्लाको रौतहट र बाराको सिमनामा रहेको सबडिभिजन वन कार्यालय धन्सारका वन कर्मचारीले बारा निजगढ नगरपालिकास्थित सिगौँलका बासिन्दाहरुलाई रौतहटको वन क्षेत्रमा घाँस, दाउरा गर्न र चरिचरणमा रोक लगाएका छन् ।

वन कर्मचारीहरुले वन प्रवेश गर्ने तथा सडकमा बसेर घाँस, दाउरा गर्न र चरिचरणमा जाने सर्वसाधारणलाई रोक लगाएका हुन् ।

डिभिजन वन कार्यालय रौतहतका वन अधिकृत (डिएफओ) सुनिलकुमार कर्णको निर्देशनमा कर्मचारीहरुले बाराका सर्वसाधारणलाई थुन्ने धम्की दिएको स्थानीयले बताएका छन् ।

रौतहटको सीमा क्षेत्रमा पर्ने निजगढ नगरपालिकाको सिगौँलका उपभोक्ताले वर्षौँअघि देखि धन्सार पारी रौतहटको वन क्षेत्रबाट घाँस, दाउरा गर्दै आएका छन ।

डिएफओ फेरिएपछि स्थानीय उपभोक्ताहरुलाई अनावश्यक रुपमा दुख दिने गरेको स्थानीय लालबहादुर तामाङ्गले बताए । उनका अनुसार सर्वसाधारणलाई घाँस दाउरा गर्न रोक लगाउने तर तस्कहरुसँगको मिलिमतोमा कर्मचारीहरुले नै वन फडानी गर्ने गरेको पनि स्थानीयको आरोप छ ।

सो क्षेत्रको अरुणबस्ती आसपासको वन क्षेत्रमा वन कर्मचारी र काठ तस्करहरुको मिलिमतोमा वन फडानी गरेर घर टहरा निर्माण गर्ने र सालको गोलिया तस्करी भइरहदा पनि नियन्त्रण गर्नेतर्फ डिएफओ कर्णले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ ।

डिएफओ कर्ण केही दिनअघि मात्रै जिल्ला वन कार्यालय रौतहटमा सरुवा भइ आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?