अनलाइन बाटै यसरी काट्न सकिन्छ मकालु यातायातको टिकट

काठमाडौं । मकालु यातायातले शुक्रबारबाट अनलाइन टिकेटिङ सेवा सञ्चालनमा ल्याएको छ । 

यात्रुहरुलाई अनलाइनबाटै टिकट बिक्री सेवा शुरु गरेको हो ।

शुक्रबार मकालु यातायातले पत्रकार सम्मेलन गर्दै सेवाबारे जानकारी दिएका थिए । पत्रकारहरुसँग कुरा गर्दै मकालु यातायात प्रालिका अध्यक्ष तुलसीमान सिंहले यात्रुहरुलाई सहज होस् भनेर अनलाइन सेवाबाट टिकट लिने व्यवस्था गरिएको जानकारी दिए ।

टिकट लिनका लागि यात्रुहरुले मकालु यातायातको आधिकारिक वेबसाइट   www.mountmakalu.com.np बाट टिकट बुकिङ गर्न सक्नेछन् । 

यसै अवसरमा मकालु यातायातले प्रत्येक अनलाइन टिकटको खरिदमा ‘१० प्रतिशत क्यास ब्याक’ योजना पनि सार्वजनिक गरेको छ ।

साथै यो योजना आगामी असोज ५ गतेसम्मका लागि मात्रै लागू हुने गरी तय गरिएको पनि मकालु यातायातका अध्यक्ष सिंहले जानकारी दिए ।    
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?