१ कार्तिक २०७८, सोमवार

बजार अनुगमन गर्दा सञ्चारमाध्यमलाई सहभागी नगराउन व्यवसायीको सुझाव

२०७५,भाद्र,२२,शुक्रवार ०६:४६


काठमाडौं । नेपाल उद्योग परिसंघले बजार अनुगमन तथा खानतलासी गर्दा सञ्चारमाध्यमलाई सहभागी नगराउन सुझाव दिएका छन् । 

उपभोक्ता संरक्षण कानुनमा सुझाव दिँदै उद्योग परिसंघले बजार निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा निरीक्षण अधिकृत वा टोलीले सञ्चारकर्मीलाई साथमा लिएर जाने गरेको भन्दै उक्त कार्य नगर्न सुझाव दिएको हो ।

उपभोक्ता संरक्षण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझाव दिँदै संघले कुनै कसुर प्रमाणित नभएसम्म सञ्चार माध्यमबाट समाचार सम्प्रेषण, प्रकाशन वा प्रसारण गर्न नपाइने व्यवस्थाका लागि पनि सुझाव दिएको छ ।   

प्रस्तावित विधेयकको दफा ३६ मा थप गर्न भन्दै ‘प्रारम्भिक जाँचबुझकै चरणमा वा कसुर प्रमाणित नहुँदै कसुरदारकै रूपमा चित्रण गरी समाचार प्रसारण गरी गराई उद्योगी व्यवसायीहरूको मानमर्दन गर्ने, साख गिराउने, जनमानसमा भ्रम पैदा गराउने जस्ता कार्यलाई निरुत्साहित गर्नु पर्ने भएकोले’ मिडियालाई अनुगमनमा लैजान नहुँने राय परिसंघको छ ।

दफा १६ को उपदफा २ को (घ) मा घोषित गरिएका कुनै पनि फाइदा नहुने अवस्थामा पनि वस्तु वा सेवाको विक्री गर्दा झुटा र भ्रमणपूर्ण रूपमा विज्ञापन वा संरचना प्रकाशन गरे कारबाही हुने व्यवस्था पनि हटाउन सुझाव दिइएको छ ।

दफा ८ को उपदफा १ को (ग)मा प्रचलित कानुन बमोजिम इजाजत प्राप्त बस्तु बाहेक अन्य बस्तु पैठारी नगर्ने प्रावधान हटाउन समेत सुझाव दिइएको छ ।

विधेयक उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा दफावार छलफलमा छ ।

प्रकाशित मिति: २०७५,भाद्र,२२,शुक्रवार ०६:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। दोलखाका लामीडाँडाका प्रेमप्रसाद खतिवडा विगत ६-७ वर्षयता काठमाडौंको न्यूरोड आसपासमा भारी बोक्ने काम गर्छन् । उनले विगतका वर्षहरूमा प्रशस्तै

काठमाडौं । बडा दशैँ सुरू भएसँगै काठमाडौंमा खसी बोका र च्याङ्ग्रा धमाधम भित्रिन थालेका छन्। देशका विभिन्न स्थानबाट ल्याइएको खसी

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर

ताजा समाचार

पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा
 २०७८,कार्तिक,१,सोमवार ०९:४३
बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८
घरेलु मैदानमै न्युकासल स्तब्ध
 २०७८,कार्तिक,१,सोमवार ०८:५७