काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य रहेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला एमालेले भने एम अधिकारी गभर्नर नरहेको स्पस्टीकरण दिएको छ ।
नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले एक पत्र पठाउँदै अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको स्पस्टीकरण दिएको हो ।
सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको एमालेले दाबी गरेको छ । आफ्नो नाम जोडर सोसल मेडिया र सञ्चारमाध्यममा प्रचार भइरहेको भन्दै महाप्रसाद अधिकारीले असार २९ गते एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य नरहेको र रहने कुरा सोच्नसमेत नसकिने उल्लेख गरेका छन् ।
‘म सम्पूर्ण राजनीतिक दल र नेतृत्वको सम्मान गर्छु । साथै त्यस दल लगायत अन्य कुनै पनि राजनीतिक दलको सदस्य नरहेको व्यहोरासमेत स्पष्ट पार्न चाहन्छु’, अधिकारीले लेखेको पत्रमा भनिएको छ,‘यसरी राजनीतिक पार्टीमा आवद्ध नरहेको तथा गभर्नर जस्तो जिम्मेवार पदमा रहेको व्यक्ति कुनै पार्टी विषेशको कुनै समितिमा रहने, बस्ने भन्ने कल्पना बाहिरको विषय हुँदा हुँदै यस प्रकारको भ्रम उक्त समिति गठनले श्रृजना गरेको हुँदा सो विषयमा स्पष्ट पारी मलाई समेत जानकारी उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछु ।’
उक्त पत्रको जवाफमा एमालेले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको दाबी गरेका छ । ‘हाम्रो कमिटि र विभागमा सार्वजनिक पद धारणा गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था छैन । तसर्थ उक्त विभागको उल्लेखित एम. अधिकारी खोटाङ भनि उल्लेखित व्यक्ति तपाईँ राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यवहोरा स्पष्ट गर्दछु,’ कार्यालय सचिव भिष्म अधिकारीद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
उक्त स्पष्टीकरण पत्रमा एम अधिकारी गर्भनर नभएको भनिए पनि अरू केही बताइएको छैन । पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले संसद र संसदबाहिर अधिकारीको राजीनामा माग गर्दै दबाब दिईरहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया