ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

चितवन । पूर्वी चितवनको राप्ती –३ भुरझुरेमा बिहीवार राति ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत्यु हुनेमा मकवानपुर छत्तिवन–४ का ३४ वर्षीय जित बहादुर स्याङ्तान र बारा जितपुर–१६ का ३८ वर्षीय प्रेमबहादुर मोक्तान रहेका छन् । 

चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको ना३ख ८५३९ नं को ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ग५प ८२६० नं को मोटरसाइकललाई राप्ती नगरपालिका–३ झुरझुरेमा ठक्कर दिएको थियो । 

प्रहरीका अनुसार ट्याङ्करको ठक्करबाट घाइते भएका दुवैको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने ट््याङ्कर चालकलाई इलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?