काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूले अबका दिनमा नेपालमा बनेका लुगाहरु मात्रै लगाउने घोषणा गरेका छन् ।
बिहीबार पार्टीको प्रचारका लागि झापा पुगेका लामिछानेले नेपालको उत्पादनलाई प्राथमिकता दिनका लागि आफूले नेपालमा उत्पादित लुगा लगाउने घोषणा गरेको बताए ।
‘नेपालमा बनेका लुगा र सामान प्रयोग गर्दा उत्तिकै प्रभावशाली देखिनसक्छु जस्तो लागेको छ। मैले अहिले लगाएको तलदेखि माथिसम्मको पोशाक नेपाली उत्पादन हो। म निरन्तर नेपाली उत्पादनमात्रै प्रयोग गर्नेछु।’ उनले भने ।
त्यसैगरी स्वदेशी उत्पादनको प्रवर्द्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी लागिपर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया