काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरले महानगरले ई-स्पोर्टका लागि १ करोड बजेट छुट्टयाइएको स्पष्ट पारेका छन् ।
महानगरले कुनै अमुक पेजको लागि बजेट छुट्टयाएको समाचार बाहिरिएसँगै त्यसको चौतर्फी आलोचना भएपछि मेयर शाहले सो कुरा स्पष्ट पारेका हुन् ।
मेयर शाहलाई निर्वाचनका बेला समेत प्रचार सहयोगी बनेको भनिएका केही पेजका लागि महानगरले बजेट छुट्याएको भन्ने चौतर्फी चर्चापछि मेयर शाहले त्यस्तो भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।
उनले आर्थिक योगदानमा ई-स्पोर्टको महत्वपूर्ण योगदान रहने भन्दै यही वर्ष हुने एशियाली खेलमा ई-स्पोर्ट पनि सहभागि हुने बताउँदै त्यसको विकासका लागि लगानी गरेको बताए ।
उनले भनेका छन्, ‘सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा ध्यानाकर्षण भएको छ । ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई(स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा हो । नेपालमा पनि यसको व्यवसायीक पाटो बढ्दैछ भने यहि बर्ष हुने एसियाली खेलमा ई-स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई(स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो । कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन । साथसाथै, यो बिषयलाई लिएर अतिरञ्जित र अनैतिकरुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया