तन्त्र विद्या योग शिक्षाका नाममा बलत्कार र यौन दुराचार

एजेन्सी : शुरूमा थाइल्यान्डको फानगनस्थित प्राचीन तन्त्र विद्याका क्रियाकलाप अगम योगलाई स्वर्गानुभूति गरिन्थ्यो ।

स्वामी विवेकानन्द सरस्वती नाम राखेर तान्त्रिक गुरू बनेका नारसिस तारकाउले यो अगम योगका तन्त्र शिक्षा दिने गर्थे ।

यहाँ प्राचीन तन्त्र विद्या सिकाउने गरिन्थ्यो ।

त्यसका लागि विभिन्न तहको कोर्स पूरा गर्नुपर्ने प्रावधान राखिएको थियो ।

तर यो अगम भित्र यौन दुराचार हुने गरेको योग स्कूलका पूर्व १६ जना शिक्षार्थी र कर्मचारीले जानकारी दिएका छन् ।

यो योगा स्कूलको गर्भगृहमा यौन लीला हुने गरेको उनीहरूको भनाइ छ ।

१ हजार अक्षत योनिसँग सहवास गर्ने लक्ष्य लिएका गुरूका चेलाले यो स्कूल खोलेका थिए ।

१४ महिला र २ पुरूषले यहाँ यस्तो कार्य विगत १५ वर्षदेखि भइरहेको जानकारी दिएका छन् ।

यहाँ आउनेहरूको मगजसफा“ब्रेनवासिंग” गरी स्वामीले यौन सम्पर्क गर्ने गरेका थिए ।

यहाँको गर्भ गृहमा यस्तो कार्य हुने गरेको जानकारी प्रमाण ३१ जना महिलाले दिएपछि अब यसको स्वतन्त्र जाँच शुरू गरिएको छ ।

जुलाई मै तारकाउ यो स्थान छोडेर भागेको बुझिएको छ । यो अगमको बारेमा महिलाहरूले सार्वजनिकरूपमा अभियोग लगाउन गएको थाहा पाएपछि स्वामी भागेका हुन् ।

बेलायत, अस्ट्रेलिया, ब्राजिल, अमेरिका र क्यानाडाका गरी १४ महिलाले नाम नखुलाउने शर्तमा यो जानकारी गार्जियनलाई दिएका छन् ।

ती मध्ये ३ले तारकाउले अध्यात्मिक लाभका नाममा आफूसँग बलत्कार गरेको बताइन् । अन्यले भने यौन दुराचार गरेको बताइन् ।

तारकाउले महिलाको यौनांगमा औला छिराउने र बलपूवर्क यौन सम्पर्क गर्ने गरेको उनीहरूले दिएको जानकारीबाट थाहा भएको हो ।

तारकाउका साथै यहाँका दुई बरिष्ठ शिक्षकमाथि बलत्कार र यौनदुराचार गरेको अभियोग लगाइएको छ ।

योगा स्कूलका अनुसार यी दुई शिक्षकलाई निलम्बन गरिएको छ ।

अगम स्कूलले बलत्कार र यौन दुराचारको अभियोगलाई अस्वीकार नगरेपनि स्कूल विरूद्ध घृणा फैलाउने काम भएको जनाएको छ ।

सन् २००३ देखि अगम स्कूल विश्वको सबैभन्दा ठूलो तान्त्रिक योगा स्कूलको रूपमा स्थापित भयो ।

यसका शाखाहरू भारत, कोलम्बिया र अस्ट्रियामा रहेका छन् ।

यहाँ हजारौं पर्यटक भ्रमण गर्न पुग्छन् । ती मध्ये करिब ३ चौथाइ जति महिला पर्यटकहरू रहने गरेको पाइन्छ ।

अगम स्कूलको चरम अवस्थामा २ सय विद्यार्थीहरूको सहभागीता रहने गरेको पाइएको छ ।

महिना लामो पहिलो लेभलको कोर्सका लागि ३०५ पाउन्डस्टर्लिंग लाग्ने गरेको छ ।

तारकाउ रोमानियाबाट आएर को फानगनमा अगमको स्थापना गरे ।

तारकाउ अर्का रोमानियाली गुरू ग्रगोरियन बिभोलारुसँग तन्त्र शिक्षा लिएका थिए ।

उनका गुरूले ज्ञान प्राप्त गर्न १ हजार अक्षत योनि भएकाहरूसँग सुत्ने अभियानमा लागेका थिए ।

बिभोलारुलाई  नाबालिगसँग सेक्स गरेको अभियोगमा सन् २००४मान जेल पठाइएको थियो ।

उनलाई पेरिसमा २०१६मा पक्राउ गरी पछि छाडिएको थियो । मानव ओसारपसारमा लागेको अभियोगमा अझ उनलाई खोजी सूचीमा राखिएको छ ।

त्यो स्कूलमा पढेर स्कूलमा ७ वर्षसम्म पढाएका नान्सी मिलरले जनाए अनुसार अगममा महिलको समस्याको समाधानका लागि पुरूषसँग सहवास गराउने सिफारिश गर्ने गरिएको थियो ।

स्कूलका चिकित्सकहरूले तारकउसँग सहवास गराउने सिफारिश गरे अनुसार उनीहरूको यौन शोषण गर्ने गरिएको थियो ।

तारकउसँग सहवास गरेपछि उनीहरूको भविष्यमा रहेको बाधा खुल्ने आध्यात्मिक लाभ प्राप्त हुने बताउने गरिएको थियो ।

साथै तारकउले महिला विद्यार्थीहरूलाई सातामा सात जनासँग सुत्नुपर्ने बताउने गरेका थिए ।

को फानगनका प्रहरी प्रमुख  कर्नल सतित कोननियामले अगमका बारेमा आरोप आएको बताए ।

तारकउले बलत्कार गरेको आरोप आएको  भएपनि प्रहरीले उनको विररूद्ध तीन महिना देखि केही गरेको थिएन् ।

गत साता तारकाउको विरूद्धमा अस्ट्रेलियास्थित थाई दूतावासमा ऊजुरी दर्ता गरिएको । अब यो ऊजुरी उपर प्रहरीले कारबाही अगाडि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?