अर्जुननरसिंह केसीको ११ बुँदे असन्तुष्टि : पार्टी गतिहीन भएकोदेखि गठबन्धनको औचित्यसम्म (पूर्णपाठ)

लोकपथ
175
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी र देशभित्रको विविध विषयमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

जारी केन्द्रीय कमिटीको बुधबारको बैठकमा पूर्वमन्त्री समेत रहेका नेता केसीले ११ बुँदे असन्तुष्टिसहित सुझाव पेश गरेका छन् ।

नेता केसीले देश दिनानुदिन आर्थिक संकटमा फस्दै गएको अवस्थामा सरकार हातहतियार किन्न उद्दत रहेको प्रति असन्तुष्टि जनाउँदै त्यसको औचित्य के भन्दै प्रश्न गरेका छन् ।

‘देशमा आर्थिक संकट चुलिँदै गएको र विदेशी मुद्रा रित्तिदै जान थालेको बित्तीय संकटका बेला ८४ करोड रुपैयाँ बराबरको विदेशी हात–हतियार किन्नुको के औचित्य छ ?’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी नेता केसीले विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिका विषयमा सरकारले सर्वदलीय छलफल गर्नुपर्ने, बजेट निर्माणका क्रममा बाहिरी मान्छेहरुको हस्तक्षेप रहेकोप्रति देउवाको ध्यानाकर्षण गराएका छन् ।

त्यसैगरी गत मंसिरमा सम्पन्न पार्टीको १४औँ महाधिवेशनबाट नेताहरुको व्यवस्थापन भए पनि नीति महाधिवेशन गर्न नसक्नु वा नचाहनु, केन्द्रीय विभाग गठन र भातृसंस्थाहरूको अधिवेशन गरी पार्टीलाई पूर्णता दिन नसक्नुले नेतृत्वको योग्यता पुष्टि नहुने भन्दै असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?