काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दलहरुबीचको गठबन्धन स्थिरताका लागि भएको बताएका छन् । नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् ।
उनले देशको विकास र सम्वृद्धिका लागि राजनीतिक दलहरुबीचको गठबन्धन आवश्यक रहेको औल्याएका छन् । नेता पौडेलले पार्टीभित्र कसैलाई पनि अन्याय हुन नहुने धारणा राखे । ‘पार्टीभित्र भिन्न मत राख्नेको पनि कदर हुनुपर्छ’, उनले भने । न्याय, निष्पक्षता र मूल्याङ्कनका आधारमा पार्टीभित्र न्याय हुनुपर्ने बताएका छन् ।
कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबैको मतको कदर गर्नुपर्ने उनको भनाइ थियो । पत्रकार सम्मेलनमा कांग्रेस वरिष्ठ नेता पौडेलले विगतका सरकारले गरेका गल्ती अहिलेको सरकारले दोहोर्याउन नहुने समेत बताए । वर्तमान सरकारलाई नभएको बताए । विगतका सरकारले गरेको गल्ती दोहोर्याउने छुट नभएको समेत धारणा राखे ।
आगामी निर्वाचनमा उम्मेदवार बन्नेबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा पौडेलले पार्टीले आफ्नो आवश्यकता कसरी महसुस गर्छ त्यसपछि मात्रै आफूले धारणा सार्वजनिक गर्ने बताए । ‘मेरो इच्छामा मात्र भरपर्ने कुरा होइन, पार्टीले मेरो आवश्यकता महसुसलाई कसरी लिन्छ त्यसपछि मात्रै कुरा हुन्छ’, उनले भने, ‘१४औ महाधिवेशनमा सभापतिले देशलाई तपाईंको आवश्यकता छ, स्वास्थ्यको ख्याल गर्नुहोस् भन्नुभएको थियो ।’
वरिष्ठ नेता पौडेलले अहिलेको गठबन्धन स्थिरताका लागि भएको प्रस्ट पारे । मुलुकलाई स्थिरता कायम गरी विकासको बाटोमा अगाडि बढाउने आफूहरूको मूल लक्ष्य रहेको पौडेलको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया