काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वैज्ञानिक वहसको नेतृत्व र आन्दोलन गर्नपछि फर्काउने तत्व प्रवृत्ति हाबी हुने दाबी गरेका छन्।
बिहीबार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले स्वतन्त्र भनेर राजनीतिमा आएका केही व्यक्तिहरु स्वतन्त्र नभइ विभिन्न नाममा देशलाई पछि लैजाने तत्वहरु भएको दाबी गरे ।
अध्यक्ष दाहालले अहिलेको नेपालमा र समयमा स्वतन्त्र र व्यक्तिगत भन्ने कुनै मानिस नरहेको उल्लेख गरे । उनले नेपालमा वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट अझै एक ठाउँमा हुन आवश्यक रहेको बताए ।
अध्यक्ष दाहालले जनताको अधिकार खोस्ने र सिमित वर्गको हातमा अधिकार केन्द्रित गर्ने तत्वलाई परास्त गर्न आईटी, इन्जिनियरहरु, वैज्ञानिकहरु र समाजलाई नयाँ बनाएर विकास समृद्धि र सभ्यताको नयाँ यात्रा शुरु गर्न आवश्यक रहेको बताए ।
उनले नेपालमा विज्ञानको प्रयोग सचेत रुपले हुन नसकेको पनि स्पष्ट पारे । अध्यक्ष दाहालले विज्ञानमा आधारित भएकै कारण नेपालमा क्रान्तिहरु सफल भएको दाबी गरे ।
अध्यक्ष दाहालले अहिलेसम्म जनस्तरबाट भएका क्रान्ति कम्परमाइजका कारण राजनीतिक रुपमा पूणर् हुन नसकेको बताए । उनले अहिलेको समाज नयाँ बाटोतिर जान नदिने भएकोले यसलाई तत्काल वैज्ञानिक समाजमा लैजान नसकिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया