दसैँमा मूल्यवृद्धि निश्चित, डलर आकासियो

काठमाडौं–अमेरीकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैं महँगो हुने भएको छ ।
 आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुदा दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्ने भएपछि नेपालीहरूको सबैभन्दा ठूलो चाड दसैं नै महँगोे हुने भएको हो ।
बिहीबार नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी विनियम दरअनुसार एक अमेरीकी डलरको खरिद दर ११४.५१ रुपैयाँ र बिक्री दर ११५.११ रुपैयाँ निर्धारण गरेको छ । २०७० भदौदेखि एक डलरका लागि १ सय रुपैयाँभन्दा धेरै खर्च गर्नुपर्ने भएको हो । डलर बलियो हुने क्रम निरन्तर कायम रहेपछि २०७५ मा एक अमेरिकी डलर खरिदका लागि ११५ रुपैयाँभन्दा धेरै खर्च गर्नु पर्ने भएको हो ।

नेपालले विभिन्न १६३ वस्तु आयात गर्दा अमेरीकी डलरमा खरिद गर्नु पर्ने हुन्छ । जसले गर्दा ती वस्तुका कारण मूल्यवृद्धि हुने निश्चित छ । कारोबार दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?