सिसिटिभीका धेरै फुटेजहरु हराएर देशलाई कमजोर बनाइएको छ : जगन्नाथ खतिवडा

लोकपथ
42
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले पूर्व अर्थमन्त्री जनार्दन शर्माप्रति लक्षित गर्दै सिसिटिभीका धेरै फुटेजहरु हराएर देशलाई कमजोर बनाएको बताएका छन् ।

बिहीवार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सिसिटिभी विज्ञानको एउटा प्रकरण भएको र त्यही प्रकरण अन्तर्गत सिसिटिभीको फुटेज हराएर देशलाई झनै कमजोर बनाइरहेको बताए ।

उनले सुशासन र पारदर्शिता विज्ञानलाई छलेर सम्भव नरहेको भन्दै विज्ञानलाइृ स्वीकार्न सकेमात्रै लक्ष्यमा पुग्ने बताए । उपमहासचिव खतिवडाले चिन्तन र जीवनशैलीमा क्रान्ति ल्याउनका लागि समाज परिवर्तन गर्न विज्ञानको प्रयोग गर्ने सम्पूर्ण आयामहरु तय गर्नसक्ने नीतिहरु बनाउन आवश्यक रहेको बताए । उनले राष्ट्रिय सुरक्षा बलियो बनाउन डिजिटलाइज सुरक्षा प्रणाली व्यवस्थित गर्न आवश्यक रहेको पनि बताए ।

उपमहासचिव खतिवडाले फरक प्रशंगमा नेपालको दक्षिण, पूर्व, पश्चिमको सीमाना यही हो भन्ने सक्नुहुन्छ ? भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रश्न गरे । उनले भ्रष्टाचारलाई नियन्त्रण नगरेसम्म र राष्ट्रको सम्पती दुरुपयोग गरेर आफ्नो सुख र सुविधाका लागि देशको सम्पती प्रयोग गर्छु भन्ने विकृत मनोविज्ञानलाई नत्यागेसम्म विज्ञानमा पनि भ्रष्टाचार हुने दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?