१ कार्तिक २०७८, सोमवार

मलेसियामा कामदारको पारिश्रमिक वृद्धि

२०७५,भाद्र,२२,शुक्रवार ०२:१५


काठमाडौं–मलेसियाले कामदारको न्यूनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ । कान्तिपुर दैनिकले खबर छापेको छ ।

यो निर्णय पूर्ण रुपमा लागू भएमा आगामी वर्षदेखि यहाँ कार्यरत नेपाली कामदारले न्यूनतम मासिक पारिश्रमिक १०५० रिंगिट पाउनेछन् ।

यहाँका सेवा, निर्माण, उत्पादन, कृषि, सुरक्षा लगायत विभिन्न रोजगारी क्षेत्रमा गरी करिब ५ लाख नेपाली कार्यरत छन् ।
हाल मलेसिया प्रायद्वीपमा न्यूनतम पारिश्रमिक मासिक १ हजार रिंगिट छ भने सावाह र सारावक क्षेत्रमा काम गर्नेहरुका लागि ९२० रिंगिट कायम छ ।

वर्तमान सरकारको गठबन्धन पाकातन हरापनले गत मे ९ को १४ औं आमनिर्वाचनको आफ्नो चुनावी प्रतिवद्धतापत्रमै निजी क्षेत्रमा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरी १५ सय रिंगिट पुर्‍याइने उल्लेख गरिएको थियो । तर उक्त प्रतिवद्धतापत्रमा उल्लेख गरिएभन्दा निकै कम रकममात्र वृद्धि गरिएको हो ।

विदेशी कामदारहरुको व्यवस्थापन गर्न कतिपय श्रमसम्बन्धी नीतिहरु परिवर्तन गर्ने बताउँदै आएको मलेसियामा विदेशी कामदारको लेभी रकम उनीहरु कार्यरत रोजगारदाताले नै तिर्नुपर्ने नीतिगत प्रावधान छ ।

 

प्रकाशित मिति: २०७५,भाद्र,२२,शुक्रवार ०२:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८
घरेलु मैदानमै न्युकासल स्तब्ध
 २०७८,कार्तिक,१,सोमवार ०८:५७
प्रजिअसहित सह र उपसचिवको सरुवा
 २०७८,कार्तिक,१,सोमवार ०८:३४
वर्षाले पाकेको धान बाली नष्ट
 २०७८,कार्तिक,१,सोमवार ०८:२४