उत्तर कोरियाली जासुसद्वारा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा साइबर आक्रमण

एजेन्सी : उत्तर कोरियाली जासुसद्वारा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा साइबर आक्रमण गरिएको अमेरिकी अभियोजनकर्ताहरूले अभियोग लगाएकाछन् ।

उनीहरूले उत्तर कोरियाली त्यो व्यक्तिले दोषपूर्ण सफ्टवेयरलाई स्वास्थ्य सेवाको कम्प्युटर सञ्जालमा पठाएर आक्रमण गरेको जनाएका हुन् ।

सन् २०१७मा राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारीले कम्प्युटरको सिसस्टम बन्द भइरहेको अवस्थामा पेन र पेपर उल्टो गरेको पाइएको देखिएको थियो । 

लजारुस समूहसँग सम्बन्धित  पार्क जिन हयोकको सम्बन्ध रहेको भनिएको छ ।

यो ह्याकिंग गर्ने समूहलाई सन् २०१४मा सोना पिक्चर्सलाई ह्याक गरेको आरोप लगाइएको थियो ।

अमेरिकाको न्याय विभागले उत्तर कोरियाले समर्थन गरिरहेको साइबर ग्रुपले यस्तो महत्वपूर्ण साइबर आक्रमणमा संलग्न रहेको आरोप लगाएको हो ।

राष्ट्रिय सुरक्षाका लागि सह महान्यायाधिवक्ता जोन डेमर्सले भने “विधिको शासन र साइबार आचारसंहितालाई सम्मान र स्वीकार गर्ने सबैका लागि यो स्तरको साइबर अपराध चुनौती बनेको छ ।”

उनले भने “ उत्तर कोरियाली सरकारले यस्ता समूहलाई परिचालन गरी केन्द्रीय बैंक लुट्नु जस्ता साइबार अपराध गरिरहेको छ । १५० देशका अर्बौ अमेरिकी डलरलाई यस्ता समूहले लुटेका छन् ।”

उत्तर कोरियाले भने यस्ता आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको हो ।

पार्कलाई यसबारे गरेको अपराधका लागि अभियोग लगाइएको छ ।

पार्कले कम्प्युटर ठगी र कम्प्युटरको दुरूपयोग गरेको अपराध स्वीकार गरेकाछन् ।

अभियोजनकर्ताहरूले पार्क उत्तर कोरियाको हुन सक्ने आंशका गरेका छन् ।

अमेरिकी अभियोजनकर्ताहरूले तयार पारेको १८० पृष्ठ लामो अभियोजनपत्रमा पार्कले यस्ता गतिविधिमा संलग्न रहेको उल्लेख गरिएको छ ।

वित्तीय लुटका लागि भिन्न वित्तीय तथा मनोरञ्जन उद्योगमा भएको साइबर आक्रमणमा उनको संलग्नता रहेको उल्लेख छ ।

यो अभियोजन पत्रमा नकली इमेलको प्रयोग गरिएको विषयलाई स्क्रिनसट गरि राखिएको छ ।

बेलायती प्रहरीले अमेरिकाको संघीय जाँच ब्युरो एफबीआईलाई साइबर आक्रमणसम्बन्धी अनुसान्धानमा सघाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?