अवैध लागुऔषधसहित युवक पक्राउ

लोकपथ
26
Shares

सिरहा । सिरहाको लाहान नगरपालिका–४ सहनी चोकबाट करिब ८ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने २९ वर्षीय प्रबिणकुमार यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

स.२ प ७१०२ नम्बरको मोटरसाइकललाई लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक यादवलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?