सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
117
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको ९३ हजार आठ सय रुपैयाँ निर्धारण भएको थियो ।

चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला ११ सय ७० रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?