काठमाडौं । राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले एमालेको अर्थ तथा योजना विभागका एम अधिकारी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एउटै भए/नभएको सरकारले छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्।
बिहीबार राष्ट्रियसभाको शुन्य समयमा बोल्दै सांसद शर्माले यस्तो माग गरेका हुन् । उनले नियम ,कानुन ,मूल्य मान्यता ,गल्ति र नैतिकताले नै समाजलाई सुसंस्कृत बनाउने भएको भन्दै दबाब,आन्दोलन नगरेर नैतिकतालाई स्थापित गर्न प्रतिपक्ष दलका नेताको उद्घोष पुनः आत्मसाथ गर्न आग्रह गरे ।
त्यस्तै, सांसद सरलादेवी भट्टले सरकारले महँगी नियन्त्रण गरी जनतालाई राहत दिनुपर्ने बताइन् । उनले बजार महँगीले दिनभरी काम गरेर विहान बेलुका दुई छाक खाने परिवार अहिले भोकभोकै बस्न बाध्य रहेको गुनासो गरिन् । उनले बजार मूल्य नियन्त्रण गर्ने सरोकारवाला निकाय र सरकार मौन बसेको बताइन्।
सांसद सुमित्रा बिसीले सरकारले मुलुकको अर्थतन्त्र समस्यामा रहेको अवस्थामा आवश्यक नै नभएको हतियार खरिद गर्न लागेको भन्दै आपति जनाइन् । उनले सरकारले सांसदहरुसँग समेत छलफल बिना महत्वपूर्ण नागरिकता, हतारहतार किन्ने,महिला हिंसा विधेयक हतार हतारमा ल्याएको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया