हिमानीले बनाइन् गोरखामा भब्य विद्यालय, पारस पनि पुगे

गोरखा–हिमानी ट्रस्टले २०७२ बैशाख १२ गते गएको भूकम्पले ध्वस्त बनेको गोरखाको एक विद्यालयको पुनर्निर्माण गरेको छ । ट्रस्ट पूर्वयुवराज्ञी हिमानी शाहको नेतृत्व रहेको छ ।

 ट्रस्टले पालुङटार नगरपालिका वडा नम्वर ५ मा अवस्थित  भवानी मावि पुननिर्माण गरेको हो ।
पुनर्निर्माण सकिएपछि विद्यालयको  ८ कोठे भवनको हिमानी ट्रष्टकी संरक्षक कोमल शाहले बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिन् । ४ करोड ९५ लाख रुपैयाँको लागतमा विद्यालय पुनर्निर्माण गरिएको बताइएको छ ।

उद्घाटन कार्यक्रममा पूर्वयुवराज पारस समेत पुगेका थिए ।
 सो क्रममा पारस र हिमानीबीच केहीबेर कुराकानी समेत भएको बताइएको छ । यद्यपी दुवै जना कार्यक्रममा सहभागी हुन काठमाडौंबाट छुट्टाछुट्टै पुगेका थिए । कार्यक्रममा सहभागि हुन राजपरिवारका अन्य सदस्य पनि त्यहाँ पुगेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?