‘जय भोले’ को कमेडी ट्रेलरमा स्वस्तिमाका लागि खगेन्द्रको बिलौना (भिडियो)

काठमाडौं । दशैंमा रिलिज हुने भनिएको चलचित्र ‘जय भोले’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर ट्रेलर सार्वजनिक गरिएको हो ।

पुराना र नयाँ कलाकारलाई समेटिएको ट्रेलर कमेडी छ । चलचित्र अर्को कमेडी फिल्म ‘छक्का पञ्जा ३’ सँग जुध्ने भएको छ । ‘जय भोले’ को यसअघि सार्वजनिक गरिएको गीत ‘उम्लियो भने पोखिन्छ’ ले राम्रै तारिफ पाएको थियो । कार्यक्रममा ट्रेलरले पनि सकारात्मक प्रतिक्रिया पाएको थियो ।

खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धि तामाङ, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, सुरवीर पण्डित लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई अशोक शर्माले निर्देशन गरेका हुन् ।

किरण शर्मा, कृति शर्मा र अंकित शर्माले निर्माण गर्ने फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको मुख्य कथा खगेन्द्र, स्वस्तिमा र सौगातको वरिपरि घुमेको ट्रेलरमा देखिन्छ ।

चलचित्रमा राजु ढुंगानाको सम्पादन छ भने पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?