काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार दिल्ली जाने भएका छन् । उनी तीन दिने भारत भ्रमणको क्रममा शुक्रबार दिल्ली जान लागेका हुन् ।
भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा उनी भारत जान लागेका हुन् । भाजपाले नेपाल–भारत सम्बन्धबारे एक कार्यक्रम राखेकोले त्यसमा सहभागी हुन प्रचण्ड दिल्ली जान लागेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
तीनदिने भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने बताइएको छ । प्रचण्ड तीन दिने भ्रमण सकेर आइतबार नेपाल फर्कने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया