दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा नियुक्त

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नियुक्त गरेको छ । यसअघि सरकारले उनलाई हटाएको थियो ।

ओली नेतृत्वको सरकारले असार २० गते शेरबहादुर देउवाको सरकारले गरेका राजनैतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछि झा पनि पदमुक्त भएका थिए ।

दुई महिनापछि सरकारले फेरि दुरसञ्चार प्राधिकरणमा झालाई नै नियुक्ति दिएको हो ।

यो पनि पढ्नुहोस्ः

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालार्इ पुनः नियुक्त गर्ने तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?