जमल पुलबाट जे देखियो ….. (फोटोफिचर)

काठमाडौं । बिहीवार दिउँसो घाम चर्किरहेको मौसममा एकाएक फेरबदल आयो ।

काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा भारी वर्षा भयो । 

मेघ गर्जनसहित भिषण वर्षा हुँदा दिउँसो कार्यालय छुटेर घर जाने तथा बटुवाहरुको विचल्ली भयो ।

केहि ओत लाउन भ्याए । तर, धेरै निथ्रुक्कै भिजे ।

पानीको उचित निकास नहुँदा जमलसहित काठमाडौँको पुतलीसडक, सहिदगेट आसपास, त्रिपुरेश्वर लगायतका क्षेत्र पुरै जलमग्न भएको छ । सडकमा पानी जमेको छ ।

सडकपेटी समेत जलमग्न हुँदा बटुवा  र यात्रुलाई सास्ति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?