साफ च्याम्पियनसिप : नेपालको शानदार जीत, भुटान ४-० ले पराजित

बंगलादेश । बंगलादेशमा जारी १२ औँ ‘साफ’ च्याम्पियनसिप अन्तर्गत नेपालले शानदार जीत हात पारेको छ । 

ढाकास्थित बंगबन्धु रंगशालामा बिहीवार भएको समूह ‘ए’ को दोस्रो खेलको नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको हो । जीतपछि नेपालले सेमिफाइनलमा पुग्ने सम्भाबनालाई बलियो बनाएको छ । 

खेल शुरु भएको लगतै नेपालले गोल गर्ने सुन्दर मौका गुमायो । नबौं मिनेटको खेल चलिरहदा नेपालका रोहित चन्दको उत्कृष्ट प्रहार भुटानका गोलरक्षक बचाउ गरे । १३ औं मिनेटमा बिमल घर्तिमगरको प्रहार भुटानका डिफेन्डर क्लिर गरे ।

प्रतिस्पर्धात्मक रहेको खेलको २१ औं मिनेटमा नेपालका अनन्त तामाङले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए । सुनिल वलले कर्नरबाट दिएको बललाई तामाङले हेडमार्फत गोलपोष्टको जाली चुमाउन सफल भए । 

खेलको २८ औं मिनेटमा भुटानका चिन्छो ग्याल्छेनले प्रहार गरेको बल नेपालका डिफेन्डर आदित्य चौधरीले क्लियर गरे ।  लगत्तै भुटानको अर्को प्रहारलार्इ गोलरक्षक किरण लिम्बुले  बचाए । ३४ औं मिनेटमा नेपालका दिनेश राजवंशीको पासमा विमल घर्तिमगरको प्रहार गरेको बल भुटानका डिफेन्डरले विफल पारे ।

४१ औं मिनेटमा  रोहित चन्दको पासमा सुजल श्रेष्ठको हेडर पोस्टमाथिबाट बाहिरिएको थियो । पहिलो हाफसम्म एक-शुन्यको अग्रता बनाएको नेपालले दोस्रो हाफमा अर्को गोल गर्‍यो । 
५१ औं मिनेटमा भुटानका गले जाङ्पोले प्रहार गरेको फ्रि-कीक नेपालका गालरक्षक लिम्बुले सहजै नियन्त्रणमा लिए ।

सन् २०१६ मा भएको सोलिडारिटी कपपछि नेपाली सिनियर टिमले एउटा पनि जित हात पार्न सकेको छैन्। 

खेलको ६९ मिनेटमा विमलको पेनाल्टी भुटानी गोलकिपर नवाङ जम्पेल रोक्न सफल भए । तर, रिबाउण्ड बललार्इ सुनिल बलले गोलमा परिणत गरे । अन्जन विष्टको स्थानमा मैदान प्रवेश गरेको भरत खबासले गोल गर्दै खेललाई ३-० को स्थितीमा पुर्‍याए । उनले मैदान प्रवेश गरेको दुई मिनेटमा नै गोल गरेका हुन् । 

निक्कै सुधारिएको खेल खेलेको नेपालका लागि ८८ औँ मिनेटमा निराजन खड्काले गोल गरे । उनले सुनिलले कर्नरबाट दिएको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । निर्धारित समयसम्म भुटानले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल ४-० ले हार्‍यो ।

जितपछि नेपालले महत्वपूर्ण ३ अंक बटुलेको छ । समूहमा भुटान २ खेल खेल्दै अंकविहिन छ भने पाकिस्तान, बंगलादेश र नेपालको समान ३-३ अंक भएको छ । नेपालले अब शनिबार समुह चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?