शंकर इलेक्ट्रिक इण्डिष्ट्रिज ठगीकाण्ड, रातारात करोडपति बन्न खोज्दा …….!

काठमाडौं । रामेछाप सुनापातीका ३३ वर्षीय जीतबहादुर मगर उद्योगपति रामनिरंजन जटियाका कामदार हुन् । 

शंकर इलेक्ट्रिक इण्डिष्ट्रिज प्रालिका मालिक भारतीय नागरिक जटियाको कार्यालयमा मगरले काम गरेको करीव १६ वर्ष वितेको छ । 

यो सोह्रवर्षको जागिर अवधिमा मगरले कमाइ गरेको जति सम्पति रोमान्समा नै उडाए । जागिर गर्दा पनि एक सुको कमाइ नहुने भएपछि उनले आफ्ना मालिक जटिया जस्तै लखपति बन्ने सपना देखे । तर यथासक्य छिटो । उनकै शब्दमा रातारात । हो त्यहि सपनाले उनलाई जेलसम्मको बाटोमा पु¥याइएको छ । 

***
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले ७० करोड ठगी गरेको अभियोगमा ठगी घटनाका मुख्य योजनाकार मगर सहित १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दुईजना कम्पनी रजिष्टारको कार्यालय आइटी शाखामा कार्यरत कर्मचारी समेत छन् । 

उद्योगपतिका कामदारले गरेको यो हर्कतले जटियाका छिमेकीसमेत तिनछक परेका छन्

अभियुक्त मगरले शंकर इलेक्ट्रिक इण्डिष्ट्रिज प्रालिको मालिक आफू भएको नक्कली कागज तयार पारी कम्पनीको नाममा रहेको बालुवाटारस्थित तीन रोपनी जमिन, एउटा घर, सतुंगलमा रहेको १५ रोपनी जग्गा, म्याग्दी र नुवाकोटमा रहेको जग्गा विक्रीमा राखी बैना लिदै गरेको अवस्थामा पक्राउ परेका हुन । 

अभियुक्त मगरले शंकर इलेक्ट्रिक इण्डिष्ट्रिज प्रालिका मालिक तथा अध्यक्ष जटियाको नामका सम्पूर्ण कागज पत्र चोरी गरी मकवानपुर हेटौडाका ४५ वर्षीय राजनप्रसाद लम्साल र चन्द्रागिरीका निरजकुमार मानन्धरको सहयोगमा कम्पनी खरिद विक्रीको कीर्ते कागजपत्र तयार पारेका थिए । 

यतिसम्मकी सो कम्पनीको सञ्चालक समितिको बैठकको नक्कली निर्णय देखाइ कम्पनीको ७५ प्रतिशत बराबरको शेयर जीतबहादुरलाई बिक्री गरेको कागज समेत बनाएका थिए ।

अभियुक्त मगर, लम्साल र मानन्धर मिलेर एकल शेयर धनी तथा सञ्चालक रहेको शंकर इलेक्ट्रिक इण्डिष्ट्रिज प्रालिको सम्पूर्ण शेयर खरिद गरेको कागजपत्र तयार पारी कम्पनी नामसारीका लागि कम्पनी रजिष्टारको कार्यालयमा निवदेन दिएका थिए । 

यतिसम्मकी सो कम्पनीको सञ्चालक समितिको बैठकको नक्कली निर्णय देखाइ कम्पनीको ७५ प्रतिशत बराबरको शेयर जीतबहादुरलाई बिक्री गरेको कागज समेत बनाएका थिए । मगरले कम्पनीको अध्यक्षमा आफू र सञ्चालकमा जटियालाई राख्न भ्याएका थिए ।  

त्यसको केही दिनपछि पुनः अर्को कागज तयार पारी कम्पनीको सञ्चालकबाट जटियाले राजीनामा दिएको पत्र तयार पारेका थिए ।

कम्पनीको बाँकी रहेको ७५ मध्ये २५ प्रतित शेयर पनि जीतबहादुरलाई विक्री गरेको कागज तयार पारेका थिए । 

अर्काको घरमा काम गर्ने कामदारको रुपमा कार्यरत जीतबहादुर रातारात अर्बपति भएको घटना पत्रपत्रिकामा छापिएको विज्ञापनबाट पीडित जटियाले थाहा पाएका थिए ।

अर्काको घरमा काम गर्ने कामदारको रुपमा कार्यरत जीतबहादुर रातारात अर्बपति भएको घटना पत्रपत्रिकामा छापिएको विज्ञापनबाट पीडित जटियाले थाहा पाएका थिए ।

अभियुक्त मगरको समूहले कान्तिपुर दैनिकमा साउन ११ गते कम्पनीको हक हस्तान्तरण सम्वन्धी सूचना जारी गरेका थिए । 

त्यसको पाँच दिनपछि जटियालाई पूर्व शेयर धनी तथा सञ्चालक देखाउदै मञ्जुरी नामा सहितको विज्ञापन तयार पारी कम्पनीको सम्पूर्ण शेयर मगरको नाममा हस्तान्तरण भइसकेकाले वाधा पर्ने छैन भन्ने ब्यहोराको विज्ञापन प्रकाशित गरेका थिए । 

यो विज्ञापन पढेर उद्योगपति जटियामा नभइ उनका अन्य कामदार र परिवार समेत चकित परेका थिए । संगठित रुपमा भएको उक्त ठगी कार्यमा संलग्न अभियुक्तलाई ब्यूरो प्रहरीले पक्राउ गरेको छ । 

ब्यूरो प्रहरीका प्रवक्ता सानुराम भट्टराईका अनुसार, अभियुक्त मगरले कम्पनीको नाममा रहेका सम्पूर्ण जग्गाहरु विक्री गरि विभिन्न ब्यक्तिको नाममा नाम सारी गर्न समेत ठिक्क तयारी भएको अवस्थामा थिए । 

उक्त ठगी घटनामा संलग्न रहेको अभियोगमा कम्पनी रजिष्टारको कार्यालयका कर्मचारी नारायणप्रसाद पोखरेल र उमेशमान जोशी सहित चिरिबाबु महर्जन, अमृत थापामगर, पुण्यप्रसाद खरेल, राजकुमार तामाङ र हिमाल महर्जन लगायतका अभियुक्तहरुलाई पक्राउ गरेको छ । 

उक्त ठगी घटनामा संलग्न रहेको अभियोगमा कम्पनी रजिष्टारको कार्यालयका कर्मचारी नारायणप्रसाद पोखरेल र उमेशमान जोशी सहित चिरिबाबु महर्जन, अमृत थापामगर, पुण्यप्रसाद खरेल, राजकुमार तामाङ र हिमाल महर्जन लगायतका अभियुक्तहरुलाई पक्राउ गरेको छ । 

उनीहरु विरुद्ध सरकारी कागजपत्र कीर्तेका अतिरिक्त चोरी र ७० करोड ठगी सम्वन्धी मुद्धा दर्ता गरिएको छ । 

***
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?