निर्वाचन आयोगको गेटमा कुचो र साबेल ! (फोटोफिचर)

मिति २१ गते बिहिबार 
समय ३ : ३० बजे । 
स्थान : निर्वाचन आयोग परिसर, कान्तिपथ 

शसस्त्र प्रहरीको बर्दी लगाएका एक हुल सुरक्षाकर्मी हातमा कुचो साबेल झाडु लिएर बाहिर निस्के । 

आयोग परिसरमा बर्खाले बगाएर ल्याएको हिलोसहितको माटो हटाउन कस्सीए ।

केहिले सबेलको सहाराले जाम भएको ढल खोले । 

केहिले झार उखेले । 

१ घण्टा सशस्त्रका जवान खटिएपछि निर्वाचन आयोगको गेटदेखि मुलढोकासम्म सफा देखियो ।

निर्वाचन आयोग बालिग मताधिकारको आधारमा संसद, गाउँ, नगर तथा जिल्लाका स्थानीय निकायहरूको स्वतन्त्र निर्वाचन सम्पन्न गराउने उद्देश्यले स्थापना भएको संबैधानिक अंग हो ।

आयोगको मुख्य कार्यालय काठमाडौँको कान्तिपथमा छ ।

विभिन्न कुटनीतिक नियोगका प्रमुखदेखि राष्ट्रका महत्वपूर्ण व्यक्तिहरु ओहोरदोहोर गर्ने आयोग परिसर झारपात, माटोको थुप्रो, भेलले बगाएर ल्याएको ग्राभेल र कंक्रिटको कारण फोहोर देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?