काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बुधबार बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम सेयरधनीहरुलाई कर प्रयोजनको लागि शुन्य दशमलव पाँच नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको कम्पनीले जानकारी दिएको छ ।
त्यस्तै, विशेष प्रस्तावअन्तर्गत कम्पनीको हालको अधिकृत पुँजी एक अर्ब २५ करोडबाट वृद्धि गरी तीन अर्ब कायम गर्ने, चुक्ता पुँजीको नौ दशमलव पाँच प्रतिशतले खुद हुन आउने बोनस सेयर वितरण गर्ने, मर्जर सम्बन्धी काम गर्ने सम्पूणर् अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ ।
त्यसैगरी, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने चार जना सञ्चालक पदमा विश्व राज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि-लुम्बिनी बिकास बैंक लि.) निर्बिरोध निर्वाचित भएको कम्पनीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया