तेस्रो मिस्टर काठमाडौं शारीरिक सुगठन तथा महिला फिटनेस् च्याम्पियनसिप हुने

काठमाडौं । भोली ‘शुक्रवार’बाट तेस्रो मिस्टर काठमाडौं शारीरिक सुगठन तथा महिला फिटनेस् च्याम्पियनसिप हुने भएको छ ।

 काठमाडौं शारीरिक सुगठन तथा फिटनेस् संघको आयोजनामा हुने यस च्याम्पियनसिपको सबै खेल जमलस्थित राष्ट्रिय नाचघरमा हुने बिहीवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइयो ।

त्यस्तै, दोस्रो जुनियर मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा आयोजना गर्ने बताइएको छ ।

प्रतियोगितामा ६ तौल समूहमा प्रतिस्पर्धा हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । खेलाडीहरुले ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी तथा ७५ केजी भन्दा माथिको तौल समूहमा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । 

शुक्रवार प्रि-जजिङ राउण्डको खेल सञ्चालन हुनेछ । मिस्टर काठमाडौंको प्रत्येक वजन समूहबाट ५-५ खेलाडीहरुले फाइनल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । ६ वजन समूहको पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

त्यस्तै, महिला फिटनेश र जुनियर मिस्टरका विजेता खेलाडीहरुले क्रमशः पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले १५ हजार तथा तेस्रो हुने खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

यता, मिस्टर काठमाडौँको विजेता खेलाडीले नगद १ लाख रुपैयाँ जित्नेछन् । ओभरअल पहिलो हुने खेलाडीले १ लाख १० हजार रुपैयाँ जित्नेछन् । १४ लाख नगद रुपैयाँ खर्च हुने यो प्रतियोगितामा १ सय जना खेलाडीहरुको सहभागिता रहेने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  प्रतियोगिता २ दिनसम्म चल्नेछ । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?