ट्राफिक प्रहरीको कपाल काट्न सुविधा सम्पन्न भवन निर्माण

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आधुनिक तथा सुविधा सम्पन्न कपाल काट्ने नाई भवन निर्माण गरिएको छ । 

उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको कपाल काट्न सहजताका लागि तीन वटा कुर्सी सहितको नाई भवन निर्माण गरिएको हो । 

महाशाखा प्रमुख बसन्त पन्तले २४ अ‍ैं घण्टा धुवा धुलोबाट आजित ट्राफिक प्रहरी कर्मचारीको सुविधाका लागि सुविधा सम्पन्न भवन निर्माण गरिएको बताए । 

यो भयन निर्माण गर्दा धेरै रकम खर्च भएको छैन उनले भने कार्यालय सञ्चालनका क्रममा बजेको अलिकति रकमबाट यस्तो एक तले भवन बनाएको हुँ । 

प्रत्येक पटक तीनजनाको एकैसाथ कपल काट्न मिल्ने गरी भवन निर्माण गरिएको छ । 

वाहिर कपाल काट्दा प्रहरीलाई महंगो पर्ने भएकाले कार्यालय परिसरमै भवन निर्माण गरी कपाल काट्ने ब्यवस्था मिलाइएको उनले बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?