काठमाडौं । नेकपा एमाले अर्थ तथा योजना विभागका प्रमुखसमेत रहेका नेता घनश्याम भुसालले आफ्नो कमिटीमा कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्ति नरहेको स्पष्ट पारेका छन् ।
भुसाल प्रमुख रहेको विभागमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सदस्य रहेको भन्ने सूचना बाहिरिसँगै उनले सो कुरा बताएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता भुसालले यसअघि नै गभर्नरले आफू कमिटीमा नरहेको बताइसकेको भन्दै कमिटीमा गभर्नर नरहेको बताए ।
उनले भनेका छन्, ‘म प्रमुख रहेको नेकपा ९एमाले०, अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नता बारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ । प्रथमतः, स्वयम् गभर्नर महाप्रसाद अधिकारीले ‘कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफु नभएको’ स्पष्ट पारिसक्नुभएको छ।दोस्रो, हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहान्छु ।’
आइतबार नेकपा एमालेले विभिन्न कमिटी तथा विभागहरु गठन गरेको छ । जसमा एम अधिकारी खोटाङ भएका एक व्यक्तिको नाम सदस्यमा नाम रहेको छ । उक्त नामलाई लिएर अहिले चौतर्फी चर्चा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया