सिरहामा एक युवकको हत्या

सिरहा । सिरहा नगरपालिका १९ सन्हैठामा एक जना  युवाको हत्या भएको छ सिरहा नगरपालिका २२ सागरपुर बस्ने ३३ वर्षीय  राम उदगार सदायको हत्या भएको  प्रहरीले जनाएको छ ।

हत्या भएका सदाय सिमावर्ती भारतको जोगियामा बस्ने बहिनी लोदरी सदाको घरमा गएका थिए । वैदेशिक रोजगारीबाट फर्किएका उनी पछिल्लो समय भारतको पंजावमा मजदुरी गर्दै आएका थिए । रक्षा बन्धनकै दिन आफ्ना बहिनीको घर गएका एक  युवाको हत्या भएको हो । धारिलो हतियार प्रहार गरी हत्या सिरहा नगरपालिका २२ सागरपुर बस्ने ३३ वषीय राम उदगार सदायको हत्या भएको प्रहरीले जनाएको छ ।

टोउकोमा धारिलो हतियार प्रहार गरेको र निधारमा चोटपटक देखिएको प्रहरीले जनाएको छ । सदायलाई हत्या गरी सन्हैठा–सहर्वा जाने बाटो नजाकै  धानखेतीमा पानीमा फालेको थियो । स्थानीयले शव देखिपछि प्रहरीलाई जानकारी गराएका थिए ।घटनाको थपअनु साधन भइर्हेको जिल्ला प्रहरीले जनाएको छ ।

३ छोरीहरु रहेको सदायको पारिवारीक अवस्था कमजोर रहेको स्थानीयले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?