इण्डोनेशियामा महिला र पुरुष सँगसँगै बसेर खाना खान प्रतिबन्ध

काठमाडौं । इण्डोनेशियाको आचेह प्रान्तको एक जिल्लामा महिला र पुरुषलाई सँगसँगै बसेर खाना खान प्रतिबन्ध लगाइएको छ ।

मुस्लिम बहुल रहेको यो जिल्लामा अब पुरुष र महिला एकअर्कासँग विवाहित वा नातेदार भए मात्र सँगै बस्न पाउने छन् ।  

अधिकारीहरुले यस नियमले महिलाहरुलाई बढी ‘संस्कारी’ बनाउन सहयोग गर्ने बताएका छन् । 

इण्डोनेशियाको आचेह प्रान्त इण्डोनेशियामा इस्लामिक कानुन लागु गर्ने एक मात्र प्रान्त हो । सन् २००५ मा लामो समयको पृथकतावादी युद्ध अन्त्य गर्नको लागि यस प्रान्तलाई स्वायत्तता दिइयो । त्यसपछि यस प्रान्तका राजनीतिज्ञले सन् २००९ मा यस प्रान्तमा सरिया कानुन लागु गरे । 

विगतमा पनि यस प्रान्तमा महिलाहरुमाथि विभिन्न निषेध लगाइने गरेको छ । यी कडा छेकथुनको अन्तर्राष्ट्रिय स्तरमा विरोध पनि हुने गरेको छ । 

यस प्रान्तमा समलिंगी सम्बन्ध, जुवातास तथा रक्सी सेवनजस्ता कार्य गर्नेहरुलाई सार्वजनिक स्थानमा कोर्रा हानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?