वीरगञ्जमा बस्यो उपेन्द्र पक्षको बैठक

लोकपथ
49
Shares

वीरगञ्ज । उपेन्द्र यादव पक्षधर जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको छ ।

काठमाडौंमा बाबुराम भट्टराई पक्षधर केन्द्रीय कार्यकारिणी समितिको विस्तारित बैठक जारी रहँदा यादव पक्षधर कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको हो ।

जारी बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा गर्ने, भट्टराई पक्षधरले काठमाडौंमा जारी राखेको केन्द्रीय समिति बैठकका बारेमा धारणा बनाउनेलगायत बिषयमा एक दर्जन नेताले मन्तव्य राख्ने कार्यतालिका भएको मनिष सुमनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?