११ कार्तिक २०७८, बिहीवार

धनुषा र ललितपुरबाट हतियार सहित ६ जना पक्राउ

२०७५,भाद्र,२१,बिहीवार ०८:३९

0
Shares

काठमाडौं । धनुषा र ललितपुरबाट प्रहरीले पेस्तोल सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ५ जना काभ्रेको खानीखोला गाउँपालिका–७ स्थित छोईछेल कुण्डलीङ गुम्बामा लुटपाट गर्ने रहेका छन् । 

पक्राउ परेका मध्ये धनुषा जनकपुर उपमहानगरपालिका–१ वकिलमहाला डेरा गरी बस्ने महोत्तरी मटियानी नगरपालिका–२ घर भएका ३६ वर्षीय सुनिल मुखिया सहनीलाई १ थान पेस्तोल र सोको म्याग्जिन २ थान सहित प्रहरीले पक्राउ गरेको हो । 

वडा प्रहरी कार्यालय रेलवेबाट खटिएको प्रहरी टोलीले सहनीलाई कोठा बाहिर भर्यााङ मुनी लुकाई राखेको उक्त पेस्तोल र म्याग्जीन सहित बुधबार पक्राउ गरेको हो । 

यसैगरी काभ्रे खानीखोला गाउँपालिका–७ स्थित छोईछेल कुण्डलीङ गुम्बाका पुजारी तिलक लामालाई मंगलबार राति पेस्तोल देखाई १ थान शंख र ३ लाख ५० हजार रुपैयाँ लुटपाट गरी फरार भएका सोही ठाउँ बस्ने २५ वर्षीय  अनिल घिसिङ सहित ५ जनालाई चाईनिज पेस्तोल १ थान, सोको गोली २ राउण्ड, म्याग्जीन १ थान, लुटपाटमा प्रयोग भएको बा. ५६ प ७०८३ र बा.६७ प ३७३३ नम्बरको मोटराइकल, पित्तलको कचौरा र नगद २ हजार ४ सय ९० रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो ।

मोटरसाइकलमा आएका ५ जना ब्यक्तिहरुले पेस्तोल देखाई उक्त शंख र नगद लुटी ललितपुर जिल्लातर्फ भागेको खबर बुधबार प्राप्त हुनासाथ काभ्रे र ललितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ललितपुर महांकाल गाउँपालिका–५ चन्दनपुर ससिया भन्ज्याङबाट उक्त हतियार सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,२१,बिहीवार ०८:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

मादीका बाढी पीडितलाई राहत प्रदान
 २०७८,कार्तिक,११,बिहीवार ०७:५३
यस्तो रहनेछ आजको मौसम
 २०७८,कार्तिक,११,बिहीवार ०७:४८
मगन्तेलाई निरुत्साहीत पार्दै प्रहरी
 २०७८,कार्तिक,११,बिहीवार ०७:३१
एमाले अधिवेशनमा सर्वसम्मतिको अन्तर्य
 २०७८,कार्तिक,११,बिहीवार ०७:१९