सर्वोच्चको प्रश्न : चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भए क्षतिपूर्ति कसले दिने ?

काठमाडौं । भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐन संहिताका केही प्रावधानलाई लिएर चिकित्सकहरु आन्दोलित भएका छन् । 

संहिताले इजाजत नभई स्वास्थ्य सेवामा संलग्न भएमा, बदनियत वा हेलचक्रयाइँ गरी उपचार गरी बिरामीको ज्यान गएमा वा अंगभंग भएमा त्यस्ता कसुरलाई फौजदारी दायित्व मानेको छ । तर, चिकित्सकले गरेका काम कारबाही र त्यसका धेरै परिणामलाई मुलुकी अपराध संहिताले फौजदारी दायित्व मानेपछि चिकित्सकहरु आन्दोलित भएका हुन् । 

त्यस्तै आन्दोलित चिकित्सकहरुले बदनियत वा लापरबाही कसले छुट्ट्याउने भन्दै सरकारलाई प्रश्न समेत गर्दै आइरहेका छन् । 

उक्त प्रस्तावित व्यवस्था संशोधनका लागि चिकित्सकहरुले आकस्मिक बाहेकका अन्य सेवा ठप्प पार्दै आइरहेका छन् भने चिकित्सक र सरकारबीच असमझदारीको अवस्था कामयै रहेको छ । 
यसैगरी सर्वोच्च अदालतले ०७४ कार्तिकमा गरेको एक फैसलाको पूर्णपाठ हालै सार्वजनिक गरेको छ । 

सर्वोच्चले सार्वजनिक गरेको पूर्णपाठमा चिकित्सकको लापरबाहीका कारण सुत्केरी महिलाको मृत्यु भएमा क्षतिपूर्ति भराउने वा नभराउने मुख्य विषय रहेको छ । 

तर, न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले हालै कार्यान्वयनमा आएको संहिता, चिकित्सकको लापरबाहीको दायित्व लगायतमा व्याख्या गरेका छन् । 

जहाँ कसुरको प्रकृति र मात्रा हेरी देवानी र फौजदारी दुबै दायित्व सिर्जना हुने व्याख्या गरिएको छ ।

फैसलाको पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?