काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको आज १ वर्ष पुरा भएको छ ।
सरकार गठनको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीको सचिवालयले ४२ वटा उपलब्धिहरु सार्वजनिक गरेको छ ।
सो क्रममा देउवा नेतृत्वको सरकारले पूर्ववत् ओली नेतृत्वको सरकारले गरेको कुशासन र अस्थिरताको अन्त्य गरेको, स्थानीय निर्वाचन समयमा सम्पन्न गरेको, कोरोनाबाट जनतालाई जोगाउन खोपको व्यवस्था गरेको लगायतका उपलब्धिहरु समावेश गरिएको छ ।
त्यसैगरी संकटग्रस्थ उद्योगधन्दा पुनरोत्थान, युवा विद्यार्थीहरुलाई लक्षित गर्दै, ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदायमा लक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा गरिएको समेत जारी विज्ञप्तिमा उल्लेख गरिएका छन् ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटकसम्म प्रतिनिधि सभा विघटन गरेसँगै सर्वोच्च अदालतले दलहरुलाई मिलेर सरकार गठन गर्ने फैसला गरेको थियो । सर्वोच्चको परमादेश अनुसार गत वर्षको असार २९ गते कांग्रेससहित अन्य ४ दललाई लिएर सरकार गठन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया